चाकुले तताउँछ जाडोमा शरीर
यलु जोशी
पुष २९, २०७६ मंगलवार
नेवार समुदायमा ‘घ्यू चाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाउने गरिए पनि अब यो सबैको साझा भएको छ । माघको पहिलो दिन विशेष रूपमा घ्यू, चाकु र तिलको लड्डु खाएर मनाइन्छ । टोखाको प्रसिद्ध चाकुले माघे सङ्क्रान्तिमा विशेष महŒव राख्ने गरेको छ । चाकुसँग घ्यू, तिलको लड्डुसँगै अनेक परिकार बनाएर खाने प्रचलन छ ।