सिंहदरबार प्रबलीकरण अन्तिम चरणमा, प्रम कार्यालय छिट्टै सारिने
भउचप्रसाद यादव
भाद्र ८, २०७७ सोमबार
भूकम्पले क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुख्य प्रशासनिक भवनका तीनवटा मोहडाको प्रबलीकरण सम्पन्न भएको छ । भवनको उत्तरी, पूर्वी र दक्षिणी मोहडा प्रबलीकरण सम्पन्न भएको हो । ती मोहडामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने गरेको थियो । भवनको पश्चिमी मोहडाको पुनर्निर्माण ७५ प्रतिशत सम्पन्न भएकोे छ भने बाँकी काम चालू आर्थिक वर्षभित्रै
सम्पन्न हुनेछ ।