युक्रेनबाट नेपाली ल्याउन पहल
चाँदनी हमाल
फाल्गुन १५, २०७८ आइतवार
युक्रेनमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्वदेश फर्काउन नेपाल सरकारले सक्दो पहल गरिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय र मातहतका दूतावास, गैरआवासीय नेपाली सङ्घ तथा स्थानीय नेपालीको संयुक्त सक्रियतामा युक्रेनमा रहेका नेपाली नागरिकलाई सकुशल नेपाल फर्काउन पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।