‘जाडो भयो भने सरकारलाई भन्नूस्’
चाँदनी हमाल
माघ ५, २०७८ बुधबार
जाडो बढ्दो छ, तराईमा शीतलहर उस्तै छ । साथमा धन, पैसा हुनेले आफैँ न्यानो कपडा, खाना, छाना जोड्लान् । आफ्नो बुताले जाडो थेग्न नसक्ने परिवारलाई हिउँदको जाडो सधैँ कहालीलाग्दो हुन्छ । वर्षे विपत्ले बल्लबल्ल धानिएको ढुङ्गा, खर र टिनको छानामा चिसो शीत र हिउँले जब हिर्काउन थाल्छ । मुटुमै जाडो गढ्छ । यस्तोमा कसलाई भन्ने ?