तीनको मृत्यु, करिब पाँच हजार घर डुबानमा
चाँदनी हमाल
भाद्र १४, २०७८ सोमबार
भदौरे झरीका कारण पछिल्ला तीन दिनमा नौ जनाको मृत्यु भएको छ । मनसुनी विपत्बाट देशभर करिब चार हजार पाँच सय घर डुबानमा परेको र ९० हजारभन्दा बढी जनसङ्ख्या प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले निरन्तरको वर्षात्ले सप्तकोसीको बहाव बढेर खतराको बिन्दुमा पुगेको जानकारी आएपछि उदयपुर र सप्तरीका सुरक्षा अधिकारीहरूसँग त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ । मन्त्री खाँणले आइतबार साँझ उदयपुरका...