संरक्षित क्षेत्रमा बढ्यो सुरक्षा चुनौती
चाँदनी हमाल
माघ १७, २०७७ शनिबार
काठमाडौँ, माघ १७ गते । पछिल्लो समय संरक्षित क्षेत्रमा सुरक्षा चुनौती बढेसँगै यसको नियन्त्रणका लागि सरकारका विभिन्न निकायले सक्रियता बढाएका छन् । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको सङ्कटमा परेको अस्तिìव रक्षा गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाली सेना, नेपाल प्रहरीसहित तीनवटै सुरक्षा निकाय सक्रिय बनाइएको छ ।
सुरक्षा सक्रियताकै कारण त्यस्ता वन्यजन्तुका आखेटोपहार तथा वनपैदावर बोकेका मानिस...