साहसिक पर्यटन क्षेत्रमा कानुन अभाव
नगेन्द्र सापकोटा
मंसिर ११, २०७८ शनिबार
हिमाल, उच्च पहाड, भीर, पहरा, नदीनाला, छहराको देश नेपालमा साहसिक पर्यटनको सम्भावना प्रशस्त छ । यद्यपि त्यसको व्यावसायिक विकासका लागि स्पष्ट कानुनी अभावको सम्बोधन भने हुन नसकेको गुनासो छ ।
साहसिक पर्यटन प्रवद्र्धनका कार्य देशका विभिन्न भागमा भइरहेका छन् । बन्जी जम्प, जिप फ्लायर, ¥याफ्टिङ, मोटरबोट, केबलकार, रोपलाइन सञ्चालनमा रहे पनि यसको सञ्चालन अनुमतिसम्बन्धी स्पष्ट कानुनी आधार छैन ।