पर्यटक लोभ्याउने योजनामा स्थानीय तह
नगेन्द्र सापकोटा
पुष २९, २०७६ मंगलवार
काठमाडौँ उपत्यकाका नगरपालिकाले नेपाल भ्रमण वर्र्ष लक्षित गरी आ–आफ्नो नगरपालिकाको पर्यटकीय क्षेत्र सिँगार्न र पर्यटनमैत्री बनाउन सक्रिय भएका छन् । उनीहरू सम्पदा अवलोकन, जङ्गल सवारी, धार्मिकस्थललाई पवित्र तीर्थस्थलका रूपमा प्रचार गर्ने, जिपलाइन निर्माण, पद यात्राको व्यवस्था र होमस्टे निर्माणलगायतका काममा सक्रिय भएका छन् ।