कार्यालयमा भेटिन छाडे जनप्रतिनिधि
नगेन्द्र सापकोटा
माघ ६, २०७८ बिहीबार
विगत केही महिनायता स्थानीय तहका कार्यालयमा जनप्रतिनिधि भेटिँदैनन् । जनप्रतिनिधि निर्वाचित भएदेखि केही महिना अघिसम्म भने नियमित कार्यालयमा बस्ने, पालिकाका कर्मचारीले गरेको कामको अनुगमन गर्ने, वार्षिक, नीति, योजना, कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्ने कार्य गर्दै आएका थिए ।