स्थानीय बजेटप्रति बढ्दो चासो
नगेन्द्र सापकोटा
जेष्ठ २९, २०७८ शनिबार
अहिले स्थानीय तहले निर्माण गर्ने बजेटमा आमनागरिकको चासो बढ्न थालेको छ । कोरोना (कोभिड–१९) कारण सहरमा रोजगारी गुमाएका कतिपय व्यक्ति गाउँमा खेतीपाती र घरेलु उद्योग सञ्चालन गरेर बसेका कारण पनि स्थानीय बजेटप्रति चासो बढेको हो । आफ्नै टोल, बस्ती र गाउँमा बन्ने सडक, खानेपानी, सिँचाइ र रोजगारी सिर्जना गर्नेलगायतका क्षेत्रमा स्थानीय सरकारले निर्माण गर्ने बजेटको प्राथमिकतामा पर्छ कि पर्दैन भन्ने चासो बढ्न थालेको छ ।
सङ्घीय...