नोबेल कोरोना भाइरस सङ्क्रमण रोक्न तीव्र गृहकार्य
सरोज ढुङ्गेल
माघ १५, २०७६ बुधबार
छिमेकी चीनको उहानमा सुरु भएको नोबेल कोरोना भाइरसको सङ्क्रमणका बिरामी नेपालमा पनि भेटिएको पुष्टि भएपछि नियन्त्रणका लागि सरकारले गृहकार्य तीव्र पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियन्त्रणका लागि गृहकार्य अगाडि बढाएको हो । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भन्नुभयो, ‘‘अन्यत्र भाइरस नफैलियोस् भन्ने उद्देश्यले काम तीव्र पारिएको छ ।’’