नियमित परीक्षण नै क्यान्सरको रोकथाम
सरोज ढुङ्गेल
माघ २२, २०७८ शनिबार
प्रमिता खनाल आफ्नो स्वास्थ्यप्रति ख्याल गर्नुहुन्छ । समय–समयमा उहाँ पूर्ण शरीर (होलबडी) स्वास्थ्य परीक्षण पनि गराउनुहुन्छ । कारण हो ११ वर्षअघि उहाँलाई भएको स्तन क्यान्सर । त्यसबेला क्यान्सरको उपचार अहिलेजस्तो सहज थिएन । शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापी बेग्लाबेग्लै अस्पतालमा गर्नुपथ्र्यो । त्यसले पनि क्यान्सर पत्ता लगेपछि प्रमितालाई थप चिन्ता लागेको थियो । मरिने हो कि बाँचिने हो ? मरियो भने घरपरिवार...