नियमित खोपमा कुनै समस्या छैन
सरोज ढुङ्गेल
पुष १८, २०७८ आइतवार
कोभिड–१९ का कारण नियमित तथा राष्ट्रिय खोप तालिकालाई असर नपरेको पाइएको छ । शिशु जन्मिनेबित्तिकै बीसीजी लगाइसकेपछि निश्चित हप्तापछि रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, एचआईबी, दादुरा, रुबेलालगायतका खोप लगाइन्छ ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा दैनिक सरदर ८० शिशु जन्मिने गरेका छन् । तीमध्ये सरदर ६० जनाले नियमित खोप लगाउने गरेका छन् । अस्पतालका प्रवक्ता डा. कीर्तिपाल सुवेदीले बालबालिकालाई...