कोभिड–१९ को तेस्रो लहर सुरु, स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञको सुझाव
सरोज ढुङ्गेल
श्रावण २१, २०७८ बिहीबार
केही दिनयता देशभर कोभिड–१९ बाट सङ्क्रमितको हुनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ । अघिल्लो दिनसम्म तीन हजारको हाराहारीमा रहेको कोभिड सङ्क्रमण बुधबार अप्रत्यासित रूपमा बढ्दा सङ्क्रमित हुनेको सङ्ख्या चार हजार नाघेको छ ।
कोरोना सङ्क्रमितको सङ्ख्या अप्रत्यासित रूपमा बढ्न थालेपछि सम्बन्धित विज्ञहरूले यसलाई कोभिड–१९ को तेस्रो लहरको सुरुवात भएको बताएका छन् । उहाँहरूले खोपलाई प्राथमिकताका साथ अघि बढाउन सुझाव...