महामारी नियन्त्रणमा समन्वय अभाव
सरोज ढुङ्गेल
आश्विन ८, २०७८ शुक्रबार
नेपालले कोरोना भाइरससँग जुधेको २१ महिना भइसकेको छ । २०७७ माघमा पहिलो पटक चीनबाट नेपाल आएका विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । गत वर्ष माघमा पहिलो पटक देखिएको कोरोनाको दोस्रो, तेस्रो र चौथो सङ्क्रमित पनि विदेशबाट आएका नेपाली नै भएका थिए । बिस्तारै सङ्क्रमणले नेपालीलाई गाँज्दै लग्यो । पहिलो लहरको कोरोना सङ्क्रमणमा सरकारले झन्डै तीन महिना बन्दाबन्दी गरेर सङ्क्रमण नियन्त्रण गर्न पहल ग¥यो । त्यो बेला कैयौँ...