तीन लाख घुससहित प्रधानाध्यापक पक्राउ
गोरखापत्र अनलाइन
चैत्र ३०, २०७८ बुधबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपियाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जनालाई पक्राउ गरेको छ । आयोगले घुस लिएको आरोपमा श्री विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झालाई पक्राउ गरेको हो ।