भारतमा एकै दिनमा ११ लाख २७ हजार २४४ जनाको कोरोना भाइरस नमूना परीक्षण
रासस / सिन्ह्वा
पुष १६, २०७७ बिहीबार
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड दुई लाख ६६ हजारभन्दा बढी पुगेको छ । पछिल्लो चौबीस घण्टाको अवधिमा भारतमा २१ हजार ८२२ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ६६ हजार ६७४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।