५७ वर्षदेखिकाे सापटी फरफारख भएन, दुई अर्ब उठ्न बाँकी
छेटु शेर्पा
मंसिर १२, २०७८ आइतवार
सरकारले ५७ वर्ष अघिदेखि विभिन्न प्रयोजनमा वितरण गरेका करिब दुई अर्ब रुपियाँ रकम उठ्न सकेको छैन । वि.सं. २०२१ सालदेखि हालसम्म गरी तेजारथ सापटी, घरेलु, बेरुजु र अन्य सरकारी बाँकी रकम असुली गरी चार प्रकारका शीर्षकबाट दुई अर्ब रकम उठ्न बाँकी रहेको छ ।