राप्रपामा लिङ्देनको उदय : युवा उत्साहित, एजेण्डामा शङ्का
छेटु शेर्पा
मंसिर १९, २०७८ आइतवार
०४६ सालको जनआन्दोलनबाट ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्यसँगै पूर्वपञ्चबाट गठित राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ मोड लिएको छ । पटकपटक फुटेको पार्टीको राष्ट्रिय एकता महाधिवेशनबाट युवा नेता राजेन्द्रप्रसाद लिङ्देन अध्यक्ष बन्नुभएको छ । पार्टी फुटको शृङ्खला अन्त्य गर्ने भन्दै निवर्तमान अध्यक्ष कमल थापाले ‘भगवत् गीता’ छोएर कसम खाएपछि पार्टी एकतामा आम कार्यकर्ता आश्वस्त भएका थिए ।