तीन भारतीयसहित आठ जनाले गरे सगरमाथा आरोहण
छेटु शेर्पा
जेष्ठ १७, २०७८ सोमबार
तीन जना भारतीय आरोहीसहितआठ जनाले आज विहान सगरमाथाको आरोहण गर्नुभएको छ । एक साता अघि आरोहण क्रममा रहेका उहाँ खराव मौसमका कारण दोस्रो क्याम्पमा रोकिनुभएको थियो ।
आरोहण गर्नेमा भारतीय आरोही अमित कुमार नेगी, निरज चौधरी, सोरङ ताजित रहेका छन् नेपाली आरोहीमा फुर्वा दोर्ची शेर्पा, फुर्वा शेर्पा, डेण्डी शेर्पा, नुरी शेर्पा र नापी विभागका कर्मचारी युवराज धिताल रहनु भएको आरोहण आयोजक ट्रेकिङ कम्पनी पिक प्रमोसन नेपालका निर्देशक...