गौतमबुद्ध विमानस्थलको क्यालिब्रेसन उडान सम्पन्न, थप पाँचमा गर्न सुरू
छेटु शेर्पा
फाल्गुन १६, २०७८ सोमबार
नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै थप पाँच वटा विमानस्थलमा क्यालिब्रेसन उडान शुरु गरेको छ । उडड्यन सहायक उपकरणको क्यालिब्रेड गर्न प्राधिकरणले पोखरा, विराटनगर, सिमरा, नेपालगञ्ज र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिव्रेसन उडान सुरू गरेको जनाएको छ ।