ध्यानाकर्षणको प्रतिस्पर्धा
गोरखापत्र अनलाइन
चैत्र १४, २०७७ शनिबार
पढ्ने, सुन्ने वा हेर्ने सामग्रीको आपूर्ति असीमित छ । फिचर फिल्म, टेलिभिजन कार्यक्रम, सौखिनले बनाएका अनेक भिडियो, सामाजिक सञ्जाल अनि व्यावसायिक अनलाइन समाचार पोर्टलहरू जुनसुकै बेला हरेकको पहुँचमा छन् । विनाकुनै थकान डिजिटल मिडिया निरन्तर समाचार र मनोरञ्जनको आपूर्ति गरिरहेका छन् । तर पाठक, दर्शक वा श्रोता अथवा उपभोक्ताको ध्यान दुर्लभ हुँदै गएको छ । यस्तो युगमा सामग्रीका सम्भावित प्रयोगकर्ताको ध्यान कसरी आकर्षित...