काँंग्रेस महाधिवेशनको मूल कार्यभार
गोरखापत्र अनलाइन
मंसिर २४, २०७८ शुक्रबार
नेपाली कांँग्रेसको १४औँ महाधिवेशन आजदेखि प्रारम्भ हुँदै छ । नयाँ नेतृत्वका लागि निर्वाचनबाहेक यस महाधिवेशनको अन्य कुनै पनि कार्य नहुने जानकारी पहिले नै सार्वजनिक भइसकेको अवस्थामा महाधिवेशन प्रतिनिधिले यसलाई कसरी लिन्छन् भन्ने कुराको चर्चा गर्नु अहिले कल्पना मात्र हुनेछ । यस पटकको महाधिवेशनमा नीति, सिद्धान्त, विचार, योजना र कार्यक्रम आदि कुनै पनि सन्दर्भमा छलफल हुने छैन । यस्तोमा स्वाभाविक रूपले एक प्रश्न उठ्छ,...