बीपीद्वारा भएका राष्ट्रहितका केही कार्य
गोरखापत्र अनलाइन
श्रावण ६, २०७८ बुधबार
वि.सं. २०१७ को जनक्रान्तिले नेपालमा राजनीतिक परिवर्तन मात्र ल्याएन, यसले आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक प्रभृति हरेक क्षेत्रमा युगान्तकारी परिवर्तन ल्यायो । यही क्रान्तिले निमुखा रैतीको रूपमा रहेका नेपालीलाई अधिकार सम्पन्न नागरिको स्तरमा उठायो । २००७ को चैतमा ‘नेपालको अन्तरिम शासन विधान–२००७’ लागू गरियो । यसले धेरै–धेरै पहिलेदेखि रहेका अनेक विभेद र असमानतालाई हटायो । स्त्री र पुरुष दुवैलाई समान कामको...