logo
२०८१ मंसिर ८ शनिवार



चीनसितको सुमधुर सम्बन्ध

विचार/दृष्टिकोण |




पुरुषोत्तम बस्नेत

वि.सं. २०१२ को साउन २४ मा राजा महेन्द्रले २०१४ को असोज २२ देखि देशमा आम चुनाव गराउने घोषण गरे, तर चुनाव गराएनन् । त्यसको विरोधमा नेपाली काँग्रेसले २०१४ को मङ्सिर २२ देखि देशव्यापी रूपमा भद्र अवज्ञा आन्दोलन ग¥यो । यसमा युवा–विद्यार्थी, महिला, श्रमजीवी, भूतपूर्व सैनिक आदि सबैको उत्साहप्रद सहभागिता थियो । कतिपय जिल्लामा आन्दोलनकारीलाई कठोर दमन गरियो, अनेक यातना दिइयो । ती सबैले आन्दोलनलाई निष्क्रिय पार्न सकेन । आन्दोलन देशभरि अझ सशक्त ढङ्गले अघि बढ्यो । त्यही आन्दोलनले राजा महेन्द्रलाई चुनावको तिथि तोक्न बाध्य पा¥यो ।
को फागुन ७ गते प्रजातन्त्र दिवसको ऐतिहासिक दिनदेखि नेपालमा पहिलो आमचुनाव सुरु भयो । कुल १०९ मध्ये ७४ स्थानमा नेपाली काँग्रेसले विजय हासिल ग¥यो । २०१६ को जेठ १३ गते बीपी कोइरालाले प्रथम जननिर्वाचित प्रधानमन्त्रीको शपथ लिनुभयो । नयाँ उत्साह र नयाँ प्रेरणाका साथ विकास र निर्माणको संवाहक भएर जनता अघि आए । सरकार जनताको हो, यसलाई हामीले आफ्नो मत दिएर बनाएका हौँ भने सरकारप्रतिको सद्भाव आम जनतासम्म पुगेको थियो । त्यसैले सरकारलाई काम गर्न अरू सुगम भयो ।
राजा महेन्द्रले अनेक ठाउँमा अशान्ति फैलाएर तथा अनेक षड्यन्त्र गरेर सरकारलाई काम गर्न बाधा दिइरहेका थिए तर सरकार आफ्नो गन्तव्यमा निर्बाध रूपले अघि बढिरहेको थियो । विकसित राष्ट्रले एक शताब्दी लगाएर गरेको कार्य हामीले एक दशाब्दीमा पूरा गर्नुपर्छ भन्ने प्रधानमन्त्री बी.पी.कोइरालाको दृढ सङ्कल्प थियो । सरकार त्यही लक्ष्यमा काम गरिरहेको थियो । प्रजातान्त्रिक परिपाटीलाई अपनाएर विकास र निर्माणसँगै अघि बढेको राष्ट्र नेपाललाई हरतरहबाट सहयोग पु¥याउनुपर्छ भन्ने सकारात्मक र सहयोगात्मक भावनाबाट भारत, चीन, अमेरिका, सोभियत सङ्घ, बेलायत, स्वीटजरल्यान्ड, अस्टे«लिया, फ्रान्स, जर्मनी, जापान, इजरायल प्रभृति अनेक मित्रराष्ट्रले सहयोग गरिरहेका थिए ।
जननिर्वाचित सरकारको केवल १८ महिना मात्रको त्यो कार्यकाल देश विकासको एक अति महत्वपूर्ण र अविस्मरणीय काल थियो । नेपाल नयाँ युगमा प्रवेश गरेको थियो । शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, सिँचाइ, कृषि, यातायात, उद्योग, विद्युत् आदि सबैतिर दु्रततर रूपमा काम भइरहेका थिए । बिर्ता उन्मूलन, वनको राष्ट्रियकरण, मोहीको हक र रक्षा, बसोवास तथा सहकारीको व्यवस्था, भूमिसुधार, राजा–रजौटाको खारेजी, छुवाछूतको अन्त्य आदि अनेकौँ कार्य भइरहेका थिए । विभिन्न राष्ट्रसित दौत्य सम्बन्ध स्थापित गर्ने र कतिपय देशको काठमाडौँमा आवासीय दूतावास राख्ने कार्य भइरहेका थिए । सरकारले न्यायिक सुधार, प्रशासनिक सुधारका कार्य गरेर, हरेक तहमा सुधार गरिरहेको थियो ।
प्रधानमन्त्री बीपी.कोइरालाले २०१६ को फागुन २७ देखि चैत १० सम्म चीनको भ्रमण गर्नुभयो । चीनमा उहाँको अत्यन्त भव्य स्वागत भएको थियो । चैत ६ गते अध्यक्ष माओत्सेतुङले प्रधानमन्त्री कोइराला र उहाँको भ्रमण दलका अरू सबैसित भेट गर्नुभयो । प्रधानमन्त्री कोइराला र माओत्सेतुङका बीचमा दुई देशको आपसी हित, चीनले नेपालको विकासमा पु¥याउने सहयोगबारेमा सौहाद्र्रपूर्ण रूपमा वार्ता भएको थियो । त्यही वार्ताको क्रममा अध्यक्ष माओले भन्नुभएको थियो—माउण्ट एभरेष्ट (सगरमाथा) लाई दुई देश– चीन र नेपालको साझा सम्पदाको रूपमा स्वीकार गरौँ र यसलाई मितेरी शिखर भनौँ । बीपी.ले भन्नुभयो– माउण्ट एभरेष्ट नेपालको आफ्नो सीमाभित्र पर्ने शिखर हो । यसलाई दुई देशको शिखर मान्न सकिन्न । प्रधानमन्त्री बीपी.कोइराला चीन भ्रमणबाट फर्केको केहीपछि, २०१७ को वैशाख १४ गते चीनका प्रधानमन्त्री चाउ एन लाइ नेपालको भ्रमणमा आउनुभयो । भोलिपल्ट वैशाख १५ गते बीपी.सँगै चाउ एन लाइ पोखरा जानुभयो । पोखराबाट उहाँहरू १६ गते काठमाडौं फर्कनुभयो । त्यसै दिन प्रधानमन्त्री चाउले नेपाली संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो । १६ गतेकै राति चाउ एन लाइले सिंहदरबारमा पत्रकारहरूसित भेट गर्नुभयो । त्यो भेटमा बीपी पनि हुनुहुन्थ्यो । ‘माउण्ट एभरेष्ट’ सम्बन्धी पत्रकारहरूको प्रश्नमा चाउएन लाइले भन्नुभयो,
‘प्रधानमन्त्री बीपी.कोइराला चीनको भ्रमणमा रहँदा, हामीले जुन नक्सा आदानप्रदान ग¥यौँ, त्यसमा एउटै शिखरलाई चीनको नक्सामा चीनको सीमाभित्र चोमोलोङ्माको नामले र नेपालको नक्सामा नेपालको सीमाभित्र सगरमाथा (माउण्ट एभरेष्ट) को नामले राखिएको थियो । प्रधानमन्त्री कोइरालाले सगरमाथा नेपालको हो भन्नुभयो । चेयरम्यान माओसँग पनि उहाँले छलफल गर्नुभयो । हामीले नेपालद्वारा प्रस्तुत त्यही नक्सालाई मान्यता दियौँ ।’
चीनको सगरमाथाको दाबीले नेपाली जनतामा चीनविरोधी भावना बढिरहेको थियो । अनेकपटक जुलुस प्रदर्शन तथा विरोध सभा भइरहेका थिए । संसद्मा पनि विरोध भएको थियो तर प्रधानमन्त्री चाउ एन लाइले सगरमाथा नेपालको हो भन्ने तथ्यलाई स्वीकार गर्नुभयो । उहाँको यो यथार्थप्रतिको स्वीकारोक्ति थियो र आपसी सद्भावको मित्रवत् अभिव्यक्ति थियो । बीपीले आफ्नो अडान र धारणा स्पष्ट रूपमा व्यक्त नगरेको भए सगरमाथाको विषय यति छिट्टै, यसरी सौहार्दपूर्ण रूपमा समाधानमा नपुग्न सक्थ्यो ।
सन् १९६० को जुन २८ अर्थात् असार १५ गते नेपालको मुस्ताङ क्षेत्रको सीमाभित्रै पसेर चिनियाँ सेनाको एक जत्थाले गस्तीमा रहेका नेपाली सेनामाथि सशस्त्र आक्रमण ग¥यो । त्यसमा नेपाली सेनाका सुवेदार बमप्रसाद बाँस्कोटा मारिए । सुवेदारको शवसहित १७ जना नेपाली र एउटा घोडालाई पनि उनीहरूले लिएर गए ।
नेपालको निमित्त यो सामान्य घटना थिएन । निकै गम्भीर र निकै दुःखदायी घटना थियो । संसद् र अरू सबैतिर यसको कडा विरोध भयो । यो घटनाको समाचार प्राप्त हुनेबित्तिकै प्रधानमन्त्री बीपी कोइरालाले जुन २९ (असार १६) मा चीनका प्रधानमन्त्री चाउ एन लाइलाई विरोधपत्र पठाउनुभयो । यो पत्र प्राप्त हुनासाथ, जुन ३० (असार १७) मा चाउ एन लाइले बीपी.लाई पत्र पठाउनुभयो । त्यसमा ‘यो एक ज्यादै दुःखद घटना हो र यसबाट चीन सरकार धेरै दुःखी छ । यसमा केही नेपाली थुनामा छन् भने उनीहरूलाई अविलम्ब रिहा गरिनेछ ।’ भनिएको थियो ।
यसपछि बीपीले चाउ एन लाइलाई फेरि अर्को पत्र पठाउनुभयो । उहाँहरूबीच अरू पनि पत्र आदानप्रदान भइरहे । जुलाई २ (असार १९) मा चाउ एन लाइले पठाएको पत्रमा, यो घटना निम्न तहका केही कर्मचारीको लापरवाहीबाट भएको हो भन्ने उल्लेख गरेको थियो र यसको निमित्त चीनले नेपालसँग क्षमा मागेको थियो । त्यही पत्रको अन्त्यमा भनिएको थियो– नेपालसँगको मैत्रीलाई चीनले धेरै मूल्यवान सम्झेको छ । पहिलेजस्तै दुई देशबीचको मैत्रीलाई कायम राख्न आफ्नो अविरल प्रयत्न रहिरहनेछ ।’
चीनले यसलाई आफ्नोतर्फको गल्तीबाट भएको घटनाको रूपमा लिएको थियो । नेपालसित सुमधुर तवरले विकसित हुँदै आएको सम्बन्धमा कुनै पनि अवरोध उत्पन्न हुन नदिन, दुई देशको यो सम्बन्धलाई अझ सुमधुर पार्न असार २० गते चिनियाँ ‘चार्ज द अफियर्स’लाई दिल्लीबाट काठमाडौँ पठाइयो । त्यसबेला चीनको आवासीय दूतावास काठमाडौँमा थिएन । दिल्लीस्थित दूतावासले नै नेपाललाई हर्ने गथ्र्यो ।
जुलाई ४ (असार २१) मा चीन सरकारले सुबेदार बमप्रसादको शव एवं पक्राउ गरेर लगिएकाहरू र घोडासमेतलाई नेपालको सीमावर्ती स्थानमा ल्याएर नेपाल सरकारको टोलीलाई सम्मानपूर्वक हस्तान्तरण ग¥यो । सुवेदारको शवलाई चीनको सीमा सुरक्षा टोलीले सैनिक सलामी अर्पण गरेर सम्मान व्यक्त ग¥यो ।
जुलाई १२ (असार २९) मा प्रधानमन्त्री चाउ एन लाइले बीपी.लाई तेस्रो पत्र पनि पठाउनुभयो । निकै लामो त्यो पत्रमा नेपाललाई क्षति पुगेकोमा, नेपालले भने अनुसार क्षतिपूर्ति वापत नेपाललाई ५० हजार प्रदान गरेको कुरा पनि लेखिएको थियो ।
जुलाई १६ (साउन २) मा प्रधानमन्त्री बीपी कोइरालाले चाउएन लाइलाई अर्को पत्र पठाउनुभयो । त्यसमा नेपालको माग अनुसार चीनले ५० हजार पठाएकोमा कृतज्ञता प्रकट गरिएको थियो । पत्रको अन्त्यमा बीपी.ले भन्नुभएको थियो—नेपाल–चीन मैत्री विश्व शान्तिका लागि महत्वपूर्ण छ । चीनसितको सम्बन्धलाई निकट पार्न नेपाल सधैँ लागिरहनेछ ।
मुस्ताङ घटना निकै गम्भीर घटना थियो । यसलाई चर्काएर केही तत्व चीन र नेपालको सम्बन्ध बिगार्न खोजिरहेका थिए । दरबार निकटस्थ र अरू केही यसलाई शीघ्र समाधान हुन नदिने षड्यन्त्र गरिरहेका थिए । उनीहरू सरकारको विरोध गर्न यो एक उपयुक्त अवसर हो भन्ने सोचाइमा यसलाई विरोधको साधन बनाइहेका थिए । आफ्ना कर्मचारीको पनि सुरक्षा दिन नसक्ने सरकारले राजीनामा दिनुपर्छ भन्दै नारा र जुलुस प्रदर्शन गरिरहेका थिए । दरबार त्यसबाट देशमा आउने कठिनाइप्रति संवेदनशील थिएन । सरकारलाई कसरी अप्ठ्यारो पार्ने भन्नेमा मात्र लागिरहेको थियो तर प्रधानमन्त्री बीपी कोइरालाप्रति रहेको चाउ एन लाइ र चीनका अरू नेताको सम्मान, दुई देशका प्रधानमन्त्रीको आपसी सहयोग र सद्भावका कारण यो घटनाले नेपाल र चीनको सम्बन्धलाई धुमिल पर्न सकेन, अझ प्रगाढ पा¥यो । यसको सम्पूर्ण श्रेय नेपालका प्रधानमन्त्री बीपी कोइरालालाई जान्छ, चीनका प्रधानमन्त्री चाउएन लाइलाई जान्छ । 
(बीपी कोइरालाका स्वकीय सचिवसमेत रहनुभएका लेखक नेपाली काँग्रेसका नेता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?