प्रभावहीन बन्दै कार्यसम्पादन सम्झौता
गोरखापत्र अनलाइन
भाद्र १६, २०७८ बुधबार
सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारीबीच कामको गुणस्तर, समयसीमा, लागत, परिमाण, जिम्मेवारी र जवाफदेहिता तथा प्रोत्साहन सुविधासमेत किटान गरी मापनयोग्य सूचकका आधारमा कामको मूल्याङ्कन गर्नेगरी गरिएको सम्झौता नै कार्यसम्पादन सम्झौता हो । कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमार्फत सार्वजनिक निकायलाई कार्यसम्पादनमुखी, परिणाममुखी र व्यावसायिक मूल्य–मान्यताले ओतप्रोत बनाउने उद्देश्य राखिएको हुन्छ...