कृषिमैत्री मौद्रिक नीतिको अपेक्षा
गोरखापत्र अनलाइन
श्रावण १४, २०७८ बिहीबार
कोभिड–१९ को दोस्रो लहरबाट जोगिन जारी गरिएको निषेधाज्ञाकै बीच अध्यायदेशमार्फत प्रस्तुत भएको आर्थिक वर्ष २०७८/७९ को बजेट राजनीतिक वृत्तमा महìवाकाङ्क्षी भएको आरोप लागे पनि निजी क्षेत्रले केही हदसम्म स्वागत गरेको पाइयो । यद्यपि, सरकार परिवर्तन भएसँगै अघिल्लो सरकारले ल्याएको चुनावमुखी बजेटको यो सरकारले पुनरावलोन गर्नै बाँकी छ । कोरोनाको दोस्रो लहरले देशको अर्थतन्त्रका सबै क्षेत्रलाई थप थिलथिलो पारेको अवस्थामा...