अनलाइन कक्षाले खस्कँदो शैक्षिक गुणस्तर
गोरखापत्र अनलाइन
श्रावण १९, २०७८ मंगलवार
कोरोना भाइरसको दोस्रो लहरका कारण नेपालका करिब ३५ हजारभन्दा बढी विद्यालय बन्द अवस्थामा छन् । करिब ८० लाख कलिला मस्तिष्कका जिज्ञासु बालबालिका घरभित्रै खुम्चिन बाध्य छन् ।
सरकारले रेडियो, टेलिभिजन र अनलाइनलगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने भने तापनि ती माध्यममा सीमित विद्यार्थीको मात्र पहुँच छ । कोरोनाकै कारण गत शैक्षिक सत्रमा विद्यालय कतै छ महिना भौतिक रूपमा सञ्चालन हुन पाए त कतै दुई...