सार्वजनिक सेवामा कोभिडको पाठ
गोरखापत्र अनलाइन
फाल्गुन ८, २०७८ आइतवार
आम विश्वले स्वीकार गरेको कुरा हो कि कोभिड–१९ को महामारीले विश्वको जनस्वास्थ्य मात्रै नभई अर्थतन्त्र, शक्ति सन्तुलन, भूराजनीति, सामथ्र्य, व्यक्तिगत र सामाजिक व्यवहार, अध्ययन विधि, परम्परागत सोच अनि प्रविधिको बहुआयामिक उपयोगलगायतका धेरै क्षेत्रमा उथलपुथल नै ल्याइदिएको छ । कोभिड–१९ महामारीअघिको विश्व समाज र अहिलेको विश्व समाजबीच ठूलो अन्तर आइसकेको छ; जुन कुरालाई व्यक्तिगत तहमा पनि जो कसैले अनुभव गरिसकेको छ । अझै...