आठ खेलाडी श्रीलङ्का बिरुद्धको अन्तिम टी ट्वान्टीमा पनि नखेल्ने
गोरखापत्र अनलाइन
श्रावण १४, २०७८ बिहीबार
क्रूनाल पाण्ड्याको सम्पर्कमा आएका श्रीलङ्का भ्रमणमा रहेको भारतका आठ जना खेलाडी तेस्रो तथा अन्तिम टी ट्वान्टी खेलमा समेत सहभागी नहुने भएको छ । दोस्रो टी ट्वान्टीमा बाहिरिएका पृथ्वी शा, सूर्यकुमार यादब, मनिष पाण्डे, हार्दिक पाण्डया, युज्वेन्द्र चाहल, इशान किशन र के गौतम अन्तिम टी ट्वान्टीमा समेत नखेल्ने हुनुभएको हो । प्रमुख खेलाडीको अनुपस्थिति भारतीय क्रिकेट टोलिले श्रीलङ्का बिरुद्धको दोस्रो टी ट्वान्टीमा हार बेहोरेको...