यलु जोशी
भक्तपुर, कात्तिक २२ गते । भक्तपुरस्थित पोटरी स्क्वायर नामले चर्चित ‘कुमाले टोल’मा माटाको भाँडा बनाउ भ्याइनभ्याइ हुने बेला कोरोना महामारी (कोभिड १९) को कारण फुर्सदमा काम गरिरहेका छन् । तिहारमा घरघरमा बाल्ने पाला (दियो)को माग घटको कुमालेहरुले बताउँछन् । विगतमा बोल्नसमेत फुर्सद हुदैनथ्यो तर अहिले अलि अलि मात्र बनाउने गरेको भक्तपुर दरबार स्क्वायरका राकेश प्रजापतिले बताउनुभयो ।
कुमाल समुदाय दशैँ सकिएलगत्तै तिहारका लागि दियो बनाउन थाल्छन् तर अहिले फुर्सदमा काम गरिरहेको जानकारी दिनुभयो । प्रजापति भन्नुहुन्छ, कोरोनाको कारण धेरै घटेको छ गत वर्ष लाखोैको संख्यामा बनाएको पाला यस वर्ष २० देखि ३० हजार मात्र बनाउनेछौं । मानिस लिन नै आउँदैनन् भने अर्डर पनि आएको छैन ।
पहिले किसाना पसलदेखि होलसेलको लागि धेरै माग हुन्थ्यो विगतको दिन सम्झदै थप्नुभयो, अहिले यहीको स्थानीहरुको लागि मात्र विक्री गरिन्छ होला । पुर्ख्याैली पेसा माटोको भाँडा बनाउने जानकारी दिँदै उहाँले आठ वर्षदेखि यही काम गर्दै आउनुभएको जानकारी दिनुभयो । माटाको भाँडा बनाउने काम सजिलो छैन भन्दै प्रजापतिले थप्नुभयो, “बस्ती बाक्लिएका कारण माटो सजिलै पाइन्न । कमाउने बेला भनेको तिहार हो तर यो वर्ष कोरोनाले सबै खाइदियो ।
यस्तै बुद्धिराम प्रजापति विगत ४० वर्षदेखि यही काम गर्दै आउनुभएको छ । पाला बनाउँदै गर्नुभएको उहाँले भन्नुभयो, यो बेला त परिवारका सबै खट्नुपर्छ । विगत सम्झँदै प्रजापतिले थप्नुभयो, दिनमा दुई हजारदेखि २५ सय पाला बनाउने गरिन्थ्यो तर अहिले हजारभन्दा बढी बनाउन सक्दिनँ । माटोको काम परिश्रम ज्यादा हुन्छ । पुर्ख्याैली पेसा भएकाले त्यत्तिकै छोड्न सकिन्न ।
उहाँको परिवार सबैले यही काम गर्छन् । परिवार नै नलागी पाला बनाउन सम्भव पनि छैन, प्रजापतिले आफ्ना अनुभव सुनाउँदै परिवारको चार जना सदस्य सबै यही काममा व्यस्त छन् । तिहारको समयमा दैनिक पाँच हजार रुपियाँसम्म आम्दानी गर्न सक्ने बताउँदै स्टक छ भने कमाइ बढ्ने बताउनुभयो । उहाँले खुद्रा तथा होलसेल दुवै ग्राहक भएको प्रस्ट पार्दै भन्नुहुन्छ, यहीँबाट आएको आम्दानीले घर चलाउने हो, तिहार मनाउने हो । तर कोरोनाले यसपालीको ब्यापार के हुन्छ थाह छैन ।
बोलाछें, थिमि, ब्यासी, पोटरी स्क्वायरलगातका स्थानमा तिहारको लागि आवश्यक पर्ने माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ ।
तिहारमा पाला मात्र नभई कलश, धुपौरो आदि पनि राम्रै बिक्री हुथ्यो तर अहिले पालाने राम्ररी विक्री भएको छैन सहदेव प्रजापतिले भन्नुभयो, लक्ष्मी भित्र्याउन माटोको पालानै बाल्नुपर्ने मान्यता रहेकोले स्थानीयले मात्र अलिअलि खरिद गर्ने गरेको पाइन्छ ।
साधारणतया पाला ४ प्रकारको हुन्छ । सबैभन्दा सानो पालाको एक सय वटाको दुई सय रुपिंया पर्छ । त्यस्तै त्योभन्दा ठूलाको प्रतिगोटा क्रमश १०, १५ र २० रुपियाँ पर्दछ ।
त्यस्तै कतिपयले आगोमा नपोलेको पाला लैजाने गरेको र त्यसको ३ वटाको पाँच रुपियाँ पर्छ । उनीहरुले काँचो पालालाई चोखो मान्ने ब्यवसायी बताउँछन् । पाला बनाउन झ्याउ हुने र पैसा कम आउने भएकोले धेरै कुमालेहरुले पालाभन्दा अरु चिज बनाउनेतर्फ लागिसकेका छन् ।
माटोको भाँडो बनाउन झन्झटिलो हुने भएकोले पछिल्ला पुस्ताले बिस्तारै यो पेसा छोड्दै गएको विगत ५४ वर्षदेखि माटोको भाँडा बनाउदै आएका ७४ बर्षीय गणेश भक्त प्रजापती बताउँनुहुन्छ ।
‘गर्दिनँ भन्नेलाई कर लगाउन मिलेन, यस्तै पारा हुने हो भने हाम्रो पुख्र्यौली पेसा नै लोप हुन्छ’ उहाँको भन्नुभयो, झन कोरोनाले आम्दानी नै नहुने भएपछि लोप हुने अवस्थामा पुगेको छ ।
माटोको भाँडा बनाउन अहिले प्रविधिको सहयोगले अहिले धेरै सहज भएको गणेश भक्तको अनुभव छ ।
‘पहिले–पहिले हामीले सुरुमा माटोलाई खुट्टाले फुटाउथ्यौ अहिले त्यसको लागि मेसिन प्रयोग गर्छौ त्यसपछि भाडा बनाउन चक्र हातले घुमाउन पथ्र्यो अहिले मोटर प्रयोग गर्छौ र अन्तिममा सामान्य तरिकाले पोल्थ्यौ अहिले त्यसको लागि पनि आधुनिक भट्टी प्रयोग गर्छौ ।
तस्बिर : सुजन गुरूङ