logo
२०८१ बैशाख ८ शनिवार

वाराणसीमा प्रधानमन्त्रीको व्यस्तता (फोटो फिचर)

प्रधानमन्त्रीको भारत भ्रमण

मुख्य समाचार |
फोटो फिचर |


2022-04-03-61331


काठमाडौं, चैत २० गते। भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार वाराणसी पुग्नुभएको छ। आइतबार लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल वाराणसीमा प्रधानमन्त्री देउवा र उहाँकी पत्नी डा. आरजु राणालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुभयो।

वाणारसीमा प्रधानमन्त्री देउवाले काल भैरव मन्दिरमा पूजापाठ गर्नुभएको छ। यसलाई शिवको सबैभन्दा पुरानो मन्दिर मानिन्छ। प्रधानमन्त्री देउवाले काशीको विश्वनाथ मन्दिर र गंगा नदीमा पुग्नुभएको छ।

प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगसमेत भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री देउवा आजै नेपाल फर्किने कार्यतालिका रहेको छ। शुक्रबार भारत भ्रमण जानुभएका प्रधानमन्त्री देउवा तीन दिने भ्रमण सकेर आज स्वदेश फर्किन लाग्नुभएको हो।

तस्बिर: रासस र प्रधानमन्त्रीको निजी सचिवालय