logo
२०८१ बैशाख ८ शनिवार

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा लगन पुर्‍याइयो (फोटो फिचर)

राष्ट्रिय |
फोटो फिचर |


2022-04-11-61929


मनोजरत्न शाही/केशब गुरुङ
काठमाडौं, चैत २८ गते । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको तेश्रो दिन जात्रा आज सम्पन्न भएको छ ।

तेश्रो दिन लगन टोलमा रथलाई पुर्‍याई एक परिक्रमा गराई सोमबारको रथ यात्रा भोलिसम्मको लागि रोकिएको छ भने भोलि अर्को दुई परिक्रमा गराई यस वर्षको रथ यात्रा समापन हुने छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु हुन्छ ।

रथयात्रा अगाडि काठमाडौं इन्द्रचोकमा रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर दरबारमार्गमा पुर्‍याइएको थियो । यसरी लगिएको मूर्तिलाई खटमा राखेर रथयात्रा सुरु हुँदै आएको छ ।

रथलाई दरबारमार्गको तीनधारा पाठशालाबाट तानेर असनमा पुर्‍याइएको छ । रथलाई सहरको भित्री भागमा तीन दिनसम्म घुमाउने गरिन्छ । सेतो मच्छिन्द्रनाथको रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्द्रबहाल लगेर अन्त्य गर्ने चलन छ । यो यात्रा भएपछि वर्षा र सह हुने धार्मिक विश्वास रहेको छ।