logo
२०८१ बैशाख ७ शुक्रवार

साताका सात तस्बिर

फोटो फिचर |


2022-04-09-61768
ललितपुरको चापागाउँबाट लेले जाने बाटो। सडक विस्तार हुँदा उक्त सडकखण्ड धुलाम्य बनेको छ। तस्बिर: कविता थापा


सिन्धुपाल्चोकको भोटेकोशी नदीमा साहसिक खेल र्याफ्टिङको मजा लिँदै स्वदेशी पर्यटक। तस्बिर : सागर बस्नेत


शनिबार सम्पन्न भएको पाहाँ चर्‍हे भित्र कै एउटा महत्वपूर्ण असन जात्रा (न्हि जात्रा)। तस्बिर मनोजरत्न शाही

महेन्द्रनगर मजगाउँ भीमदत्त नगरपालिकामा गहुँबारीमा घाँस काट्दै स्थानीय किसान। विकास द्वारे

उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्र नुवाकोटको ‘प्रदर्शनी प्लट’मा उत्पादन गरिएको रेड रेडी जातको मेवा। कार्यालयले स्थानीय बजारमा उक्त मेवा प्रतिकिलो ५० मा बिक्री गर्ने गरेको छ। रामहरि न्यौपाने/रासस

रामेछाप जिल्लाको खाँडीदेवी गाउँपालिकास्थित खाम्खामा बनेको एकीकृत नमूना माझी बस्ती। २०७२ सालको भूकम्पले घर भत्काएपछि त्यहाँ नयाँ बस्ती निर्माण भएको हो। सुजन गुरुङ

फोहोरले दुर्गन्धित बनेको उपत्यका। तस्बिर: केशब गुरुङ