काठमाडौं, चैत २५ गते। हप्ता दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन। अहिले काठमाडौंका जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ।
पुतलीसडक, बाग बजार, कमलादी, कमल पोखरी, बत्तीसपुतली, पुरानो बानेश्वर, रातोपुल, सिनामङ्गल, मैतीदेवी, डिल्लीबजार र नयाँबानेश्वर लगायतका दर्जनौँ स्थानमा लामो समयदेखि थुपारिएको फोहारको कारण सहर दुर्गन्धित बनेको छ।
पासाङ ल्हामु राजमार्गको बालाजु–त्रिशूली–छहरे विदुर सडकखण्ड निर्माण नहुँदा काठमाडौंमा फोहोरको थुप्रो बढ्दै गएको छ।
यता सडक निर्माणको माग गर्दै स्थानीयवासीले संयुक्त सङ्घर्ष समिति गठन गरेको छ। उक्त समितिले सो सडकखण्डको मुड्खु भञ्ज्यानङदेखि तीन पिप्ले खण्डमा गत फागुन १ गतेदेखि सडक अवरुद्ध गर्दै आएका छन्।
लामो समय यसरी सडकमा थुप्रिएको फोहोरका कारण सर्वसाधारण र सवारीसाधनलाई आवतजावत गर्न कठिन भएको छ।
![](https://beta.gorkhapatraonline.com/news_gallery/625007fcb3241_4.jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625007fcb563b_5.jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625007fcb6cc7_6.jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625007fcb8629_7.jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625007fcb9ae2_8.jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625007fcbbd95_9.jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625007fcc00b4_10.jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625007fcc198b_11.jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625007fcc319d_12.jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625007fcc498a_13.jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625007fcc5e03_14.jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625007fcc71d4_15.jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625007fcc866e_16.jpg)
![](https://beta.gorkhapatraonline.com/news_gallery/625007fb70c51_1.jpg)