logo
२०८१ बैशाख ६ बिहीवार

तिहार आयो, इचङ्कुका बारीमा सयपत्री झपक्कै

अर्थ |
फोटो फिचर |


2020-11-10-26306


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २५ गते । हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा इचङ्कु नारायणका किसानको व्यस्तता बढेको छ । बारीका सयपत्री फूल टिपेर माला गाँस्ने र बजार पुर्याउन उनीहरुलाई भ्याइनभ्याई छ ।

यस वर्ष कोरोना संक्रमणका कारण चाडको खासै रौनक छैन । मलमासको कारण चाडबाड पछि परेकाले किसानलाई अघिल्ला वर्षहरुमा जस्तो चटारो छैन ।
बिगतमा धान भित्राउने बेला र तिहारको दिन सँगसँगै जस्तो पर्ने हुँदा किसानहरुलाई चटारो हुन्थ्यो । तर यस वर्ष तिहार अलि पछि परेकाले धान भित्र्याइसकेर तिहारका लागि माला तयार गर्न उनीहरुलाई अलि सहज भएको छ । तिहारमा सबैभन्दा धेरै खपत हुने फूल सयपत्री र मखमली हो । गुर्धौली फूलको पनि माग हुने गरेको छ । फोटो पत्रकार सुजन गुरुङले इचङकु क्षेत्रमा पुगेर तयार गर्नुभएको फोटो फिचर ।