logo
२०८० चैत्र १६ शुक्रवार

  मेलम्चीका क्षतिग्रस्त पुलको स्थलगत अध्ययन  



जग बिग्रिएको छैन, पाँच छ महिनामा पुन: निर्माण हुन्छ

खुला |


जग बिग्रिएको छैन, पाँच छ महिनामा पुन: निर्माण हुन्छ
तस्बिर साभार : मेलम्ची गाउँपालिका


मुकुन्द गैरे
काठमाडौं, साउन ७ गते । मेलम्चीमा आएको बाढीका कारण क्षति गरेका पुलको पूर्ननिर्माणको काम वर्खा सकिना साथ सुरु गरिने भएको छ । सडक विभागकका प्राविधिकहरुले पुलको निरीक्षण गरिसकेको त्यसलाई कसरी मर्मत गर्ने भन्ने विषयमा अध्ययन सुरु भइसकेको सडक विभागका महानिर्देशक अर्जुन थापाले बताउनुभयो ।

मेलम्चीका क्षति भएका पुलको जग विग्रिएको देखिएन सबै माथिल्लो भाग मात्र बगाएको पाइएकोले बनाउन धेरै समय नलाग्ने उहाँले बताउनुभयो । जग बगाएर लगेको भए सुरुदेखि पुल बनाउनुपथ्र्यो जग केही नभएकोले ठूलो क्षतिहुनबाट पुलहरू बचेको विभागको भनाई छ ।

काम सुरु भएको पाँच देखि ६ महिनाको भित्र पुलको काम सम्पन्न गर्न सकिने उहाँले बताउनुभयो । देशका क्षति भएका पुलको एकै पटक पूर्ननिर्माण गर्ने तयारीका साथ काम सुरु गरिएको महानिर्देशक थापाले बताउनुभयो । मेलम्चीमा बाढीका कारण पाँचवटा पुलमा क्षति गरेको छ ।

अहिले ती पुलहरुको अध्ययन भइरहेको र बर्खा सकिन साथ जनशक्ति लगाएर काम गर्ने गरी तयारी थालिएको उहाँले बताउनुभयो । यसै गरी मनाङमा पनि पाँच वटा पुलमा क्षति भएको छ । जसमा तीन वटा काठको र दुई वटा फलामको रहेको विभागले बताएको छ । अहिले बाढी, पहिरोले क्षति गरेका सडक र पुल लगायत भौतिक संरचनाको बारेमा अध्ययन र निरीक्षण गर्न काम भइरहेको छ ।

देश भरका अवरुद्व सडक खोल्ने काम पनि संगसंगै भइरहेको सडक विभागले बताएको छ । यसै गरि बाढीका कारण अवरुद्व हुन सक्ने सडकका लागि पनि जनशक्ति तयारी अवस्थामा रहेका छन् ।पहिरोका कारण बाटो अवरुद्व हुँदा केही समय आवागमन प्रभावित भए पनि लामो समयसम्म रोकिन पर्ने अवस्था नरहेको महानिर्देशक थापाले जानकारी दिनुभयो । नेपालमा बर्षात सुरु भएसंगै देशभरमा विभिन्न ठाउँमा बाढी र पहिरोका कारण सडकहरु अवरुद्व हुँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप