logo
२०८१ बैशाख ४ मंगलवार



अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते

अन्तर्राष्ट्रिय |


अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते
सांकेतिक तस्बिर


वासिङ्टन, चैत २८ गते । अमेरिकी राज्य आयोवाको एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोलीबारी स्थानीय समयानुसार आइतबार बिहान १ः२७ बजे डाउनटाउन सिडर र्यापिड्सको ट्याबू नाइटक्लबमा भएको थियो ।

गोली लागेर दुई जनाको मृत्यु भएको छ । अन्य घाइते १० जनालाई नजिकैको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले सम्भावित संदिग्धको बारेमा खोजी जारी राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?