logo
२०८१ बैशाख १८ मंगलवार

कोटमौला गाउँ नै सुन्तलामय, १४ करोडकाे निर्यात (फाेटाे फिचर)

अर्थ |
पढ्नै पर्ने |
फोटो फिचर |


2022-02-09-57297


प्रतीक इच्छुक शर्मा

सल्यान, माघ २६ गते । वागचौर नगरपालिका कोटमौलामा थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुन थालेको छ । अन्य पेशा–व्यवसायमा संलग्नको आकर्षण सुन्तला खेतीमा बढेको छ । कोटमौलाका भरतनाथ योगी पेसाले स्वास्थ्यकर्मी हुनुहुन्छ । तर, सुन्तला खेती उहाँको प्राथमिकता हो । सुरुमा रहरले दुई–चार बोट लगाउनुभएका योगीले हाल ४४ रोपनीमा व्यवसायिक सुन्तला खेती गर्नुभएको छ । उहाँले यो वर्ष चार सय क्वीन्टल सुन्तला बिक्री गरेर ३० लाख रुपियाँ कमाई गर्नुभयो ।

यस्तै नेकपा एमालेका सल्यानका पूर्वअध्यक्ष लोकबहादुर डाँगीले राजनीतिसँगै व्यवसायिक सुन्तला खेती गर्नुभएको छ । करिब ७ सय बोट सुन्तला छन्। यो वर्ष मात्र उहाँले सुन्तला बिक्री गरेर १० लाख कमाइ गर्नुभएको छ । वागचौर नगरपालिका ८ र ९ का २ सय ५० किसानले अन्नबाली लगाउन छोडेर सुन्तला खेती गरेका छन् ।

देववहादुर डाँगीले १० रोपनी जग्गामा सुन्तला खेती गर्नुभएका उहाँले यो वर्ष ७ लाखको सुन्तला बिक्री गर्नुभयो । सुन्तला ७५ रुपियाँ केजी घरमै बिक्छ । कोटमौला क्षेत्रबाट १४ करोड बराबरको सुन्तला निर्यात भएको छ । पछिल्लो समय कृषिसँगै अन्य पेशामा आबद्ध व्यक्ति पनि सुन्तला खेतीमा संलग्न भएको पाइएको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत बस्नेतले जानकारी दिनुभयो ।सल्यानका बागचौर, छत्रेश्वरी, शारदा, सिद्धकुमाख, कपुरकोट लगायतका स्थानलाई सुन्तलाकाे पकेट क्षेत्र मानिन्छ । जिल्लामा झण्डै एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ ।