logo
२०८० चैत्र १६ शुक्रवार

निजी पेट्रोल पम्पको आन्दोलन : सरकारी पम्पमा उपभोक्ताको लाइन (फोटो फिचर)

अर्थ |
फोटो फिचर |


2022-04-02-61262
भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा शनिबार लागेको लाइन । तस्बिर: केशव गुरुङ्ग


तस्बिर केशव गुरुङ्ग

काठमाडौं, चैत्र १९ गते। निजी पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण बन्द गरेपछि सरकारी तथा सहकारी पेट्रोल पम्पमा भीड बढेको छ। आगामी दिनमा पेट्रोल अभाव हुनसक्ने भन्दै मोटरसाइकल तथा साना सवारी चालक पेट्रोल पम्पमा लाइन लाग्न थालेका हुन्।

नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि पम्पमा सर्वसाधारणको लाम लागेको हो। अहिले नेपाली सेना, पुलिस र सशस्त्रका पम्पमा सवारी साधनको बाक्लो लाइन लागेको छ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले समस्या समाधानका लागि वार्ता भए पनि सफल हुन नसकेको बताउनुभएको छ। निजी पेट्रोल पम्पले बुझाएको ६ बुँदे मागका विषयमा निगमले वार्ता गरे पनि निष्कर्षमा पुग्न नसकेको उहाँको भनाइ छ।

‘निजी कप्पनीले बुझाएको ज्ञापन–पत्रका विषयमा छलफल जारी छ।तर निष्कर्ष निस्किएको छैन।निजी पम्पबाट वितरण बन्द हुँदा यो समस्या देखिएको हो ।’ प्रवक्ता उपाध्यायले समस्या समाधान नहुँदासम्म अभाव जारी रहने बताउनुभएको छ।

नियमले निजी कम्पनीलाई पेट्रोलियम पदार्थको वितरण नरोक्न माग गरिरहेको उपाध्यायको भनाइ छ। इन्डियन आयल कर्पोरेसनले शुक्रबार निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य घटे पनि एलपी ग्यास, डिजेल, मट्टितेललगायतको मूल्य बढेको छ।

ग्यास मट्टीतेलमा भएको मूल्यवृद्धिका कारण निगमको घाटा पनि चुलिएको छ। पछिल्लो मूल्यसूची अनुसार निगमको घाटा एक महिनामै १० अर्ब रुपियाँ पुगेको छ।