बेइजिङलगायत शहरमा उडान भर्दै हिमालय एयरलाइन्स
नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ ।
कस्मेटिक्सको मापदण्ड निर्धारण
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले तीन समूहका सौंन्दर्य प्रशाधन (कस्मेटिक्स) को लागि मापदण्ड तोकेको छ ।
पाँच हजार खसीबोका काठमाडौँ पठाइँदै
मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका खसीबोका व्यावसायिकरुपमा काठमाडौँ तथा अन्य शहर पठाउन थालिएको हो ।
नेपालगञ्जका युवा इरफानलाई भारतमा नेशनल युथ आइकन अवार्ड प्रदान
नेपालगञ्ज निवासी युवा मोहम्मद इरफान राईलार्ई भारतमा नेशनल युथ आइकन अवार्ड २०१९ बाट सम्मानित गरिएको छ । लामो समयदेखि युवा उद्यम र सशक्तिकरणका क्षेत्रमा क्रियाशिल रहनु भएका राईलाई समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भारतस्थित इन्टरनेशनल युथ कमिटीले नेशनल युथ आइकन अवार्ड २०१९ बाट सम्मान गरेको हो ।
दशैँका च्याङ्ग्रा पोखरा भित्रदै
नेपालीका घरघरमा दशैँ भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झर्ने क्रम शुरु भएको छ ।