बैंक अफ काठमाडौँका पूर्व प्रमुख सहित ११ जना पक्राउ
गोरखापत्र अनलाइन ,
आश्विन ५, २०७६ आईतवार
पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित केही बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी गरी ११ जना छन्