विकास खर्च एक प्रतिशत मात्रै
गोरखापत्र अनलाइन ,
आश्विन ४, २०७६ शनिबार
लक्ष्यअनुसार खर्च हुन नसक्ने प्रवृत्ति चालू आर्थिक वर्षको पहिलो दुई महिनामै देखिएको छ । चालू आवको भदौ मसान्तसम्म एक खर्ब ५३ अर्ब २९ करोड रुपियाँ खर्च गर्ने लक्ष्य रहेकोमा जम्मा ५९ अर्ब ३९ करोड रुपियाँ मात्र खर्च भएको छ । यो चालू वर्ष राखिएको खर्च लक्ष्यको केवल ३.८७ प्रतिशत हो । सरकारले चालू आवमा कुल १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट विनियोजन गरेको छ ।