दुग्ध व्यवसायमा सरकारको कार्यक्रम प्रभावकारी: प्रतिवेदन
रासस
आश्विन २, २०७६ बिहीबार
जिल्लाको दुग्ध व्यवसायमा सरकारको कार्यक्रम प्रभावकारीरूपमा लागू भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले जिल्लामा सञ्चालित दुग्ध डेरी तथा पानी उद्योगको अनुगमनपछि प्राप्त तथ्याङ्कका आधारमा डेरी र पानी उद्योग सञ्चालकबीच प्रतवेदन सार्वजनिक गरेको हो ।