किसानले स्थाानीयस्तरमा दुध विक्री गर्न छाडे
गोरखापत्र अनलाइन ,
भाद्र ३०, २०७६ सोमबार
रौतहटको मध्य तथा उत्तरी क्षेत्रका अधिकांश दुग्ध उत्पादक किसानले स्थाानीयस्तरमा दुध विक्री गर्न छोडेका छन् ।
स्थानीय होटल तथा स्थानीयवासीलाई दुध विक्री गर्दा समयमा भुक्तानी नपाउने तथा पाए पनि एकमुष्ट भुक्तानी नहुने समस्याले गर्दा किसानले स्थानीयस्तरमा दुध विक्री गर्न छोडेका हुन् ।