दक्षिण झर्नेको प्राथमिकतामा ‘स्याउ र ओखर’
रासस
भाद्र २६, २०७६ बिहीबार
स्याउ भन्नेबित्तिकै जुम्ला नसम्झने शयद थोरै मान्छे मात्र होलान् । यतिबेला जुम्ला पुग्नेहरु रातो लटरम्म स्याउको बिरुवा देखेर निकै मोहित छन् । धेरैको सेल्फीको प्रमुख आधार स्याउ बनेको छ । स्याउको रुखमा पुगेर होस् या सिङ्गो बगैंँचामा, पाहुनाहरु स्याउ खानेभन्दा बढी तस्वीर खिंच्ने मोह राख्छन् ।