दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने
गोरखापत्र अनलाइन ,
भाद्र २९, २०७६ आईतवार
तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई चेक काट्ने तथा अन्य व्यावहारिक समस्यालाई समेत समाधान गरिदिने भएको छ ।