ढुक्क भए हुन्छ, बचतकर्ताको एक रुपियाँ पनि हराएको छैन
गोरखापत्र अनलाइन ,
भाद्र २३, २०७६ सोमबार
यही भदौ १४ गते नेपालका मात्र होइन भारतका बैंकका एटीएमसमेत प्रयोग गरेर चिनियाँ ह्याकरहरुले करोडौँ रुपियाँ चोरी गरे । चोरी गर्दै गर्दा ह्याकर समूह रकम झिक्दै गर्दा पक्राउ पनि परेको छ । तर यो घटनाले नेपालका बैंक तथा वित्तीय संस्थाहरुको साइबर सुरक्षामा प्रश्न उब्जेको छ । उच्च नाफा कमाउने, भवन सजावट, सवारी साधन जस्ता देखावटी चिजमा धेरै खर्च गर्ने तर सर्वसाधारणको बचत सुरक्षामा ध्यान नदिने गरेको आरोप वित्तीय संस्थाहरुलाई...