पाँच महिनामै आठ खर्ब ३८ अर्ब बाहिरियो
विश्वास रेग्मी
पुष ९, २०७८ शुक्रबार
अर्थतन्त्रका महत्त्वपूर्ण सूचक कमजोर हुँदै गएको चर्चा चलिरहेका बेला चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामै आयात चुलिएको छ ।
विदेशी मुद्रा सञ्चिति घटिरहेको र शोधनान्तर घाटामा रहेर चाप बेहोरिरहेको आयातबापत छोटो समयमै ठूलो रकम बाहिरिएको तथ्याङ्क सार्वजनिक भएको हो । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको उक्त तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा आयातका लागि आठ खर्ब ३८ अर्ब रुपियाँ बाहिरिएको...