कपास खेती एउटा जिल्लामा सीमित
गोरखापत्र अनलाइन
पुष ८, २०७८ बिहीबार
दुई दशकअघि बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका आठ हजारभन्दा बढी किसान कपास खेतीमा संलग्न थिए । तर बर्सेनि कपास खेतीको दायरा साँघुरिँदै जाँदा यो वर्ष १९० जना किसानले मात्र सो खेती गरेको कपास विकास समिति खजुराले जनाएको छ ।